नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए

-


     मर्दी न्युज    
     १२ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । ती युवा खाडी मुलुकबाट आएकाे प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

तर बुधबार तेस्रो संक्रमित भेटिएका छन् । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।