पाेखरा । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी रिचार्जमा सत प्रतिशत बोनस दिने भएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि यो अफर लागू हुने जनाएको छ ।
यो अफर ७ दिनको लागि हुने टेलिकमले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको आधारमा टेलिकमले यो अफर घोषणा गरेको हो ।
टेलिकमका अनुसार रिचार्ज गर्दा सत प्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ । बोनसबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, डाटा प्रयोग गर्न र एसएमएस पठाउन सकिन्छ ।
५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने शत प्रतिशत बोनस २ दिनभित्र खपत गर्नुपर्ने र २ सय तथा ५ सयको रिचार्जमार्फत प्राप्त हुने बोनस ४ दिनभित्र खपत गर्नुपर्ने र एक हजारको रिचार्जमा प्राप्त हुने बोसन ६ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमको विज्ञप्तीमा उल्लेख छ ।
उपभोक्तालाई राहत दिन यस्तो निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।