बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

-


     मर्दी न्युज    
     चैत्र १४ गते २०७६ मा प्रकाशित


एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ ।

जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बीबीसीको समाचारमा उल्लेख छ ।

जोनसनले ट्वीटरमा भिडियो पोष्ट गरेका गर्दै मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको भन्दै उनले घरबाटै काम गरिरहेको जनाएको छ ।

दुई दिनअघि ब्रिटेनका राजकुमार चार्लसलाई कोरोनाभाइरस संक्रमण भएको औपचारिक जानकारी दिइएको थियो ।