कोरोना भाइरस संक्रमण फैलिन नदिन ‘डिसइन्फेक्सन स्प्रे’

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०७६ मा प्रकाशित


पोखरा, १७ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिन पोखरा महानगरपालिका तथा वडा कार्यालयले नगरका विभिन्न ठाउँमा किटनासक औषधी ‘डिसइन्फेक्सन स्प्रे’ छर्केको छ ।

कोरोनाको संक्रमणको जोखिममा पोखरा पनि रहेकोले बाहिर हिंडडुल नगरि घरभित्र बस्न सरकारले सबैलाई अनुरोध गरिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. ४ ले पनि वडा वासीलाई सजग र सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबारदेखि महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै सहिदचोकसम्मको सडकमा किटनासक औषधी छर्केको हो । त्यस्तै आइतबार पोखरा महानगरपालिका वडा नं. ३ ले पनि वडा कार्यालयदेखि विभिन्न आवातजावत हुने ठाउँमा किटनासक औषधी छर्केको छ ।

त्यस्तै वडा नं. ४ को महेन्द्रपुलमा वडामा संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै आज बिहान डिसइन्फेक्सन स्प्रे छरिएको छ । अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कीन सबैलाई आग्रह गरिएको छ । तस्विरः खेमबहादुर गुरुङ