चीनबाट ल्याएको उपचार सामाग्री सेनाको स्काइ ट्रकबाट विभिन्न भागमा पुर्याइयो

-


     मर्दी न्युज    
     १७ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं, चैत १७ गते । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामग्री नेपाली सेनाले देशका विभिन्न भागमा पुर्याइएको छ ।

नेपाली सेनाको स्काइ ट्रकले आजै सूर्खेत, धनगढी र विराटनगरमा ती सामाग्रीहरू पु¥याइ सकेको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।

मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्वस्थ्य राज्यमन्त्री नवराज रावत सुर्खेत पुगेका छन् भने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ पनि विराटनगर पुगेको स्रोतले जनाएको छ ।

केही अत्यावश्य सडकबाट पुर्याउन जोखिम हुनेखालका सामाग्री स्काइ ट्रकबाट देशका विभिन्न भागमा पुर्याइएको र बाँकी सामाग्री सडक मार्गबाट पुर्याउने नेपाली सेनाको भनाइ छ ।

आज बिहान ७ः३० बजे ती सामाग्री बोकेर सुदुरपश्चिमको धनगढी जाँदै गरेको सेनाको स्काइ ट्रक बीच बाटोमा ‘अनौठो गन्ध’ आए पछि सामान नपुर्याई बीच बाटोबाटै फर्किएको थियो । काठमाडौं फर्किएको भए पनि सामान झिकेर चेकजाँच गरी पुनः त्यसतर्फ पठाइएको हो ।