कोरोना नियन्त्रण कोषलाई आयल निगमकाे ५० करोड सहयाेग

-


     मर्दी न्युज    
     चैत्र २० गते २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त कोषमा ५० करोड सहयोग गर्ने निर्णय गरेको हो ।

निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ति, भूकम्प तथा बाढी पहिरोजस्ता प्रकोपका समयमा संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी राहत तथा सहयोग गर्दै आइरहेको विज्ञप्तिमा जनाइएको छ ।