काठमाडौं । सरकारले लकडाउनको समयमा पनि उद्योग र ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।
उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यसका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्नेछ ।
खतिवडाले तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनाले बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजिकरणमा काम गर्न सक्ने निर्णय भएको जानकारी दिएका हुन् । विभिन्न उद्योगले कामरदारलाई भित्रै राखेर सञ्चालन गर्न सक्ने भए सञ्चालन गर्न सरकारले अनुमति दिने उनले बताए ।