थप तीनजनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

-


     मर्दी न्युज    
     चैत्र २२ गते २०७६ मा प्रकाशित


पोखरा, २२ चैत । स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना कैलाली र कञ्चनपुरका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषको आफन्त ३४ वर्षीय महिला रहेको जनाएको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।