कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ७३७ को मृत्यु

-


     मर्दी न्युज    
     २४ चैत्र २०७६ मा प्रकाशित


कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ४ हजार ७३७ जनाको मृत्यु भएको छ । यसमध्ये एकैदिनमा सबैभन्दा धेरै अमेरिकामा १ हजार १६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २५ हजार ३१६ थप नयाँ संक्रमितको पुष्टी भएको छ । यससँगै अमेरिकामा सोमवार बिहानसम्म ३ लाख ३६ हजार ६७३ मानिसमा कोरोना भाइरसबाट संक्रमित भएको छ ।

यसैगरी स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ मानिसले ज्यान गुमाएका छन् । सोही अवधीमा बेलायतमा ६२१, इटलीमा ५२५, फ्रान्समा ५१८ मानिसले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेनमा ५ हजार ४७८, बेलायतमा ५ हजार ९०३, इटलीमा ४ हजार ३१६ र फ्रान्समा २ हजार ८८६ जना थप नयाँ संक्रमितको पुष्टी भएको छ । गत २४ घण्टामा विश्वभर ७१ हजार ४०८ जनामा कोेरोनाको संक्रमण भेटिएको छ ।

सोमबार बिहान ८ बजेसम्म कोरोना भाइरसका कारण विश्वभर ६९ हजार ४३६ मानिसले ज्यान गुमाएको छ । यससँगै विश्वभर १२ लाख ७३ हजार २४६ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् भने २ लाख ६२ हजार ३५१ जना निको भएर घर फर्किसकेको छ ।

चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा धेरै इटलीमा १५ हजार ८८७ मानिसले ज्यान गुमाएको छ भने स्पेनमा १२ हजार ६४१, अमेरिकामा ९ हजार ६१६, फ्रान्समा ८ हजार ७८ र बेलायतमा ४ हजार ९३४ जनाको मृत्यु भइसकेको छ । चीनमा भने हालसम्म ३ हजार ३३१ को मृत्यु भएको छ भने यता अर्को छिमेकी मुलुकमा पनि कोरोना भाइरसबाट ११७ जनाको ज्यान गएको छ भने ४ हजार २८८ मानिस संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।