पोखरा, २४ चैत । कास्की अन्नपूर्ण गाउँपालिका वडा न.ं ११, घान्द्रुकस्थित सामरोङ्गका ३६ बर्षीय प्रेम गुरुङले आत्महत्या गरेका छन् । हिजो बेलुका करिब १० बजे घर नजिकैको रुखमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले बताएको छ ।
आत्महत्या बारे बिस्तृत कारण खुल्नसकेको छैन । लासको पोस्ट मार्टमको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको कुरा घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनबहादुर क्षेत्रीले मर्दीन्युजलाई बताए ।
मृतकको दुई छोरी र श्रीमती छन् ।