पोखराको क्वारेन्टाइनमा रहेका १६ जनाको भोलि नमूना परीक्षण गर्ने, नेगेटिभ आउनेको पर्सि घर पठाउने

-


     मर्दी न्युज    
     चैत्र २४ गते २०७६ मा प्रकाशित


पोखरा, २४ चैत । पोखराको कृषि तालिम केन्द्र मालेपाटनका क्वारेन्टाइनमा रहेका १६ जनाको भोलि नमूना परीक्षण गरी नेगेटिभ आएका सबैलाई पर्सि घर पठाइने जनाएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले सोमवार एक विज्ञप्ति जारी गरी क्वारेन्टाइनमा रहेका १६ जनाको मंगलवार कोरोना भाइरस (कोभिड–१९) को नमूना संकलन गरी परीक्षण गर्ने र नेगेटिभ आएका सबैलाई पर्सि घर पठाइने जनाएको हो ।

स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशमा आजसम्म कूल ६४ वटा नमूना संकलन गरी परीक्षण गरिएको र ५० वटाको नेगेटिभ आएको जनाएको छ । १४ वटाको नतिजा आउन बाँकी रहेको निर्देशक शर्माले जनाएको छ ।

यसैगरी स्वास्थ्य निर्देशनालयले हेलो डाक्टर १०९२ मा ४ सय ५८ जनाले चिकित्सकीय परामर्श लिएको पनि निर्देशक विनोद विन्दु शर्माले जनाएको छ ।