
काठमाडौं, २५ चैत । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको हो ।
कोरोना भाइरसका कारण चैत ६ गतेबाट हुने एसईई पनि रोकिएको छ ।
