लकडाउन हटाउन हतार गरे घातक हुन सक्छः विश्व स्वास्थ्य संगठन

-


     मर्दी न्युज    
     चैत्र २९ गते २०७६ मा प्रकाशित


एजेन्सी


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि विश्वभर गरिएको लकडाउन हतारमा हटाउन नहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले भिडियो कन्फ्रेसनमार्फत विश्वभर गरिएको लकडाउन हटाउन हतार गरेमा कोरोना भाइरस घातकरुपमा फैलिनसक्ने बताएको हो । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमित हुनेको संख्या तीव्र रुपमा बढेकाले यस्तो अवस्थामा हतारिएर लकडाउन हटाउन नहुने र हटाएमा घातक हुने उनले चेतावनी दिएको छ ।

युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन् ।

बीबीसीका अनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानम गिब्रियेससले सबै मुलुकले लकडाउन हटाउने बारेमा विचार गर्नुपर्ने बताए । उनले केहि देशमा लकडाउन खुकुलो बनाएकोमा असन्तुष्टी समेत जनाएका छन् ।

हाल सम्सारभर १६ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको छ ।