मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको ‘भर्चुअल’ बैठक

-


     मर्दी न्युज    
     २९ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) का महामारीविरुद्ध सातै प्रदेशका सरकारले गरेका प्रयासहरुका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारको एक्सन रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसको महाभारीविरुद्धको लडाइँका बारेमा छलफल गरेका हुन् ।

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा पनि छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।