पोखरा, २९ चैत । गण्डकी प्रदेशका बागलुङ, गोरखा, कास्की स्याङ्जा र म्याग्दीका गरी पाँच जिल्लामा र्यापिड परीक्षण गरिएको छ ।
यी पाँच जिल्लाका ६ सय ४९ जनामा र्यापिड परीक्षण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले शनिवार विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।
प्रदेशका नौ जिल्लामा आरडिटी किट वितरण गरिएसँगै पाँच जिल्लामा परीक्षण सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी गराएको हो ।
शनिवार पर्वत, लम्जुङ र कास्कीमा गरि २८ नमुना संकलन भएको र परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएको पनि निर्देशक डाक्टर शर्माले जानकारी गराए ।
उनका अनुसार हेल्लो डाक्टर १०९२ कार्यक्रममा शनिबार ५ सय ४७ जनाले चिकित्सकीय परामर्श सहितको सेवा लिएको छ ।