
काठमाडौं, ३० चैत । वीरगञ्जमा रहेको तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड १९) भेटिएको पुष्टि भएको छ ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएकामा कोरोना भेटिएको पुष्टि भएको हो ।
संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिहरेको स्रोतले बताएको छ ।