
पोखरा, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका छन् ।
ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा प्रधानमन्त्री ओलीले मनपरेको भन्दै सबैलाई आ–आफ्नो घरको झ्याल ढोका वा कौसीबाट सोमबार बिहान आठ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्– ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
यो कार्यक्रम संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।
