कोरोना शंकास्पद काठमाडौंका तीनमध्ये २ जनाको रिपोर्ट पोजेटिभ

-


     मर्दी न्युज    
     वैशाख २ गते २०७७ मा प्रकाशित


काठमाडौं, २ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको रिपोर्ट आउन बाँकी छ ।

सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

हिजै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको पाटन अस्पताल स्रोतले जानकारी दिएका छन् ।

अस्पतालमा भर्ना भएका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने एकको रिपोर्ट आउन बाँकी छ ।