सरकारले १२ दिन लम्ब्याउदै लकडाउन वैशाख १५ सम्म जारी राख्ने निर्णय

-


     मर्दी न्युज    
     २ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं, २ वैशाख । मंगलवार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले लकडाउनलाई १२ दिन बढाउने निर्णय गरेको छ । नयाँ कोरोनोको संक्रमित थपिएसँगै लकडाउनलाई बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिंदै गर्दा आइतबार कोरोना संक्रमित थप भई देशमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । आज मंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ ।

छिमेकी भारतले पनि आजै लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ ।