पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम ब्लाष्ट गर्दा भूकम्पको महशुस

-


     मर्दी न्युज    
     ५ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ५ वैशाख । पोखरा महानगरपालिका– १४ हवेलिमार्गस्थित क्षेत्रमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा बम पडकाउँदा त्यहाँका स्थानीयले भूकम्पको धक्का महसुस भएको छ ।

पटक पटक बम पडकाउँदा थर्किन गई त्यहाँका घरहरू चर्किने होकि भन्ने डर तारबार छेउका घर भएका स्थानीयले बताएको छ ।

तारबार छेउका बासिन्दाहरूले स्काभेटर, डोजर जस्ता साधन प्रयोग गर्न सुझाव दिँदा पनि विमानस्थल निर्माण आयोजनाकर्ताले वेवास्ता गरेको हवेली टोल निवासि भूवन गुरूङले मर्दी न्यूजलाई बताए ।

टोलवासीहरूले सुझाव दिने क्रममा डेलिगेशन पटक पटक जाँदा एयरपोर्ट भित्रका निर्माण शाखाले कुनै सुनुवाई नगरेको गुरूङले जानकारी गराए ।

सरकारले देशभर लागू गरेको लकडाउनको अवस्थामा पनि त्यहाँको निर्माण कार्य भने रोकिएको छैन । यसै निर्माणको क्रममा आज शुक्रवार बिहान पनि ग्रिनेट पड्काउनुको सट्ट अन्य तवरबाट निर्माण गर्न सुझाव दिन जाँदा सामान्य विवादमा एयरपोर्ट भित्रका सुरक्षाकर्मीले बाहिरका सुरक्षाकर्मी बोलाइ उल्टै स्थानीयलाई गाली गरेको स्थानीयले बताए ।