नेपालमा एकै दिन १४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३० पुग्यो

-


     मर्दी न्युज    
     वैशाख ५ गते २०७७ मा प्रकाशित


काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १२ जना उदयपुरमा रहेका हुन् भने दुईजना चितवनका रहेका छन् । 

उदयपुरमा कोरोना संक्रमितको पुष्टि भएका १२ जना पुरुष हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुने २०, २२, २५, २६, ३४ र ४० वर्षीय, २९ वर्षीय दुईजना र २८ वर्षीय चारजना पुरुष रहेका छन । कोरोना पुष्टि हुने भारतीय नागरिक हुन । त्यसैगरी चितवनमा कोरोना संक्रमित दुई पुरुष २७ र ६३ वर्षीयमा देखिएको हो ।

संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई सिल गरिएकाे र संक्रमितलाई कोशी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए ।