
काठमाडौं । नेपालको दोस्रो कोरोना भाइरस (कोभिड—१९) संक्रमित निको भएर आज शनिवार डिस्चार्ज भएकी छिन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा चैत १० गते कोरोना पुष्टि भएपछि १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।
उनको सबै रिपोर्ट नेगेटिभ आएपछि उनलाई २७ दिनपछि आज डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिएका छन ।
चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन । त्यस्तै नेपालमा देखिएको कोरोना भाइरसको यो दोस्रो केस देखिएको १९ वर्षीया युवतीको पनि डिस्चार्ज भएको छ ।