नेपालमा थप एकमा कोरोना संक्रमण देखियो

-


     मर्दी न्युज    
     ६ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ६ वैशाख । नेपालमा शनिवार थप एक जना कोरोना भाइरस संक्रमित देखिएको छ ।

दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष भएको र उनको ठेगाना र अन्य विवरण खुलाएको छैन ।

आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।