कोरोनालाई जितेर छोरासँगै घर फर्किइन् ८१ वर्षीया महिला

-


     मर्दी न्युज    
     वैशाख ११ गते २०७७ मा प्रकाशित


पोखरा, ११ वैशाख । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमा–छोराको आज डिस्चार्ज भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

अपार्टमेन्टमा बस्ने आमा छोरामा वैशाख १ गते कोरोना संक्रमितको पुष्टि भई पाटन अस्पतालमा उपचारत थिए ।

उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए । यससँगै नेपालमा निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ ।