वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

-


     मर्दी न्युज    
     १४ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई वैशाख २६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थप्ने निर्णय गरेको स्रोतले बताए ।

सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन भोलि वैशाख १५ गते सकिदै छ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्न सुझाव दिएको थियो ।