शिक्षा मन्त्रालयको निर्देशन : नयाँ भर्ना तथा अनलाइन कक्षाको शुल्क नलिनू

-


     मर्दी न्युज    
     २२ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २२ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना तथा शुल्क नलिन निर्देशन दिएको छ ।

देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो ।

त्यसैगरी एसईई र कक्षा ११ र १२ का परीक्षाहरु स्थगित गरेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थिति सुक्ष्म अध्ययन परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा सञ्चालन सम्बन्धनमा हालसम्म कुनै नयाँ निर्णय नभएको मन्त्रालयले सोमवार जारी सूचनामा जनाएको छ ।

सहसचिव दीपक सुवेदीले जारी गरेको सूचनामा संस्थागत विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य प्रकारको शुल्क छुट दिने सरकारको निर्णय कार्यन्वयन गर्न अभिभावक तथा स्थानीय तहलाई जानकारी गराएको छ ।