कोरोना संक्रमणबाट अढाई लाख बढीले ज्यान गुमाए

-


     मर्दी न्युज    
     २३ बैशाख २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

पोखरा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५२ हजार २४१ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना भाइरसको कारण अमेरिकामा प्रभाव परेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ९२१ को मृत्यु भएको छ ।

त्यस्तै अमेरिका पछि इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ र फ्रान्समा २५ हजार २०१ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख ४३ हजार २७१ पुगेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १२ लाख १२ हजार ८३५ जनामा पुष्टि भइसकेको छ ।

यस्तै स्पेनमा २ लाख ४८ हजार ३०१, इटलीमा २ लाख ११ हजार ९३८, बेलायतमा १ लाख ९० हजार ५८४ र १ लाख ६९ हजार ४६२ जनामा कोरोना संक्रमितको पुष्टि भइसकेको छ ।

विश्वभर ११ लाख ९४ हजार ७३९ जनाको उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै २१ लाख ९६ हजार २९१ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६३९ को स्वास्थ्य अवस्था गम्भीर अवस्थामा उपचार भइरहेको छ भने बाँकीको मध्यम रहेको बताइएको छ ।

नेपालमा भने संक्रमित हुनेको संख्या ७५ पुगिसकेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्र्किसकेका छन् । ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।