कोरोना कहरः विश्वभर २ लाख ५८ हजार बढीले ज्यान गुमाए

-


     मर्दी न्युज    
     २४ बैशाख २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

पोखरा । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५८ हजार २६ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २७० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

विश्वभर फैलिएको कारोनाबाट ३७ लाख २४ हजार ५११ जना संक्रमित भइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा १२ लाख ३७ हजार ६२७ जना कोरोना संक्रमित भइसकेका छन् । त्यस्तै स्पेनमा २ लाख ५० हजार ५६१, इटलीमा २ लाख १३ हजार १३, बेलायतमा १ लाख ९४ हजार ९९०, फ्रान्समा १ लाख ७० हजार ५५१, जर्मनीमा १ लाख ६७ हजार ७, रसियामा १ लाख ५५ हजार ३७०, टर्कीमा १ लाख २९ हजार ४९१ र ब्राजिलमा १ लाख १४ हजार ६१५ जना कोरोना संक्रमित भइसकेका छन् ।

विश्वभर १२ लाख ४० हजार ५४७ जना उपचार पछि निको भएर घर फर्किएका छन । २२ लाख २५ हजार ९३८ संक्रमितको उपचार भइरहेको भने यसमध्ये ४९ हजार २५६ कोरोना संक्रमितको गम्भीर अवस्था स्वास्थ्य उपचार गरिरहेको छ ।