नेपालमा थप १७ जनामा कोरोना पुष्टि, दुई महिने शिशु पनि संक्रमित

-


     मर्दी न्युज    
     २४ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २४ वैशाख । नेपालमा थप १७ जना कोरोना संक्रमितको पुष्टि भएको छ । संक्रमित थप १७ जना वीरगञ्जमा फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु २ महिनादेखि ६६ वर्षका रहेको छ । संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष रहेको देवकोटाले बताए ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ९९ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन ३ सय ३३ जना रेड जोनमा छ ।