चीनले दियो ४० हजार थान पीसीआर किट

-


     मर्दी न्युज    
     २९ बैशाख २०७७ मा प्रकाशित


तस्विरः रासस

पोखरा, २९ वैशाख । कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणका लागि चीनले नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले पीसीआर परीक्षण किटसहित अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

चीनबाट उपलब्ध स्वास्थ्य सामग्रीमा ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले सोमवार मन्त्री भानुभक्त ढकललाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन ।