नेपालमा थप ५७ जना कोरोना संक्रमितको पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ५७ जना कोरोना संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
संक्रमित ५७ जना सबै पुरुष भएको जनाएको छ । कपिलवस्तुका ८ जना, रुपन्देहीको ९, पर्साका ३९ जना र बारा जिल्लाको १ जनामा कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।