पूर्वी नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण, गण्डकी प्रदेशमा पुनः कोरोना संक्रमण देखियो

-


     मर्दी न्युज    
     १ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १ जेठ । पूर्वी नवलपरासी (गण्डकी प्रदेश)मा एक ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष देवचुली नगरपालिका वडा नम्बर १२ का भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या २४६ पुगेको छ ।