पोखरा, २ जेठ । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
कोरोना भाइरस जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालित भइरहेको बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको सचिवालयको जनाएको छ ।
कोरोना संक्रमणको महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा कोरोनाले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने बुझिएको छ । स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा नीति तथा कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ ।