पोखरा, ४ जेठ । बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने दुई पुगेको छ ।
मृतक युवकको स्वाब परीक्षणको क्रममा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हाे । मृतक युवकको बारे थप विवरण आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए ।