पोखरा, ११ जेठ । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । जेठ ४ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गरेको थियो । अधिवेशन ११ बजे शुरु हुनेछ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना कारण हालको प्रदेश संसद भवनमा सामाजिक दुरी कायम गर्न सम्भव नभएकाले पोखरा सभागृहमा सञ्चालन गर्ने तयरीसँगै सभागृहको रंगरोगनदेखि कुर्ची मिलाउन प्रदेश सरकारले २५ लाख रुपैयाँ खर्चेको छ ।
गण्डकी प्रदेश सभामा ६० सदस्य छन । पोखरा महानगरका अनुसार सभागृहमा १ हजार ३ सय जना अटाउन सक्ने सिट क्षमता छ ।
अधिवेशनमा गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ । प्रदेश सरकारले यसअघि ३६ वटा विधेयक पास गरिसकेको छ । यस बजेट अधिवेशनमा प्रदेश सरकारले थप ९ वटा विधेयक पेश गर्ने तयारीमा छ । वातावरण विधेयक लगायतका ९ विधेयक संसदमा पेश हुँदै छन् ।
अघिल्लो वर्षमा ३ खर्ब ८ अर्बको कुल ग्राहस्थ उत्पादन निकालेको प्रदेश सरकारले यो वर्ष बढाएर ३ खर्ब ५४ अर्ब पुर्याउने लक्ष राखेको थियो । अघिल्लो वर्ष ३२ अर्ब बराबरको बजेट ल्याएको प्रदेशले कोरोनाका कारण आगामी आर्थिक वर्षमा ६÷७ अर्ब घटाएर ल्याउने केही समय अर्थमन्त्री किरण गुरुङले बताएका छन् । बन्दाबन्दीका कारण ६ अर्ब बराबरको क्षति ब्यहोर्नु परेको कारण बजेटको आकार बढाउन नसकिने उनले यसअघि