लकडाउन जेठ ३२ सम्म थप्ने मन्त्रिपरिषद्को निर्णय

-


     मर्दी न्युज    
     १७ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुने मन्त्री खतिवडाले बताए ।

यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक उनले जानकारी दिए ।