सोमवार थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८११ पुग्यो

-


     मर्दी न्युज    
     १९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । सोमवार साँझ थप १३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षीय पुरुष, कपिलवस्तु मायादेवि गाउँपालिकाका ७ जना र रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

पाल्पामा पहिलोपटक संक्रमित भेटिएको हो । यसअघि आजै २ सय २६ जनामा कोरोना संक्रमित पुष्टि भइसकेका छन । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।