![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/04/corona-5-750x432-1.jpg?fit=750%2C432&ssl=1)
पोखरा, २० जेठ । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुगेको छ ।
मंगलवार संक्रमित हुनेहरुमा स्याङ्जा जिल्लाका ५ र पर्वत जिल्लाका ५ जना रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु स्याङ्जा जिल्ला चापाकोट नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका क्वारेन्टाइनमा रहेका वर्ष २० का १ जना पुरुष रहेका छन् ।
यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिकाका कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिकाका कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष १९, २० र २१ का ३ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो ।
पर्वत जिल्लामा पहिलोपटक संक्रमित पुष्टि भएको हो ।