एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

-


     मर्दी न्युज    
     २१ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, २१ जेठ । बुधवार थप २ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना, ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७, दैलेखका ७ , सल्यानका ३, मोरङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रुपन्देहीका २६ , महोत्तरीका ९, कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

मंगलवार मात्र २८८ जनाका कोरोना पुष्टि भएको थियो ।

बुधवार पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडीटी विधिबाट एक लाख २० हजार ३ सय ७९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय २४ र आरडीटी विधिबाट चार हजार ३४  जनाको नमुना परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार बुधवारसम्म २ हजार १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ। डिस्चार्ज हुने पुरुष २२२ छन् भने ५६ महिला छन्। मन्त्रालयका अनुसार बुधबार १२ जना डिस्चार्ज भएका हुन्।  



Tags: