पोखरा । गण्डकी प्रदेशको नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), गैंडाकोट नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गैंडाकोट नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २३ र २६ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएको हो । संक्रमितलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको शर्माले बताए ।
आज बिहान मात्र नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) कै देवचुली नगरपालिकाको एक जनामा कोरोना पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ ।