कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर कालिकोटको लालिघाटमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् भने कैयौं बेपत्ता भएका छन् ।
मृतकमा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्की रहेको प्रहरीले जानकारी दिएका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ ।
कर्णाली करिडोरअन्तर्गतको सडकखण्डमा भारतबाट आई क्वारेन्टाइमा बस्न त्यसतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकमा दुर्घटना भएको हो ।
टिपरमा ३९ जना जति रहेको अनुमान गरिएको छ । टिपर सडकबाट करिब २० मिटर तल कर्णाली नदिमा खसेको र पुरै डुबेको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।