बागलुङ जिल्लाको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । १४ जेठमा भर्ना भएका तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका २÷२ जना बुधबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेमा तमानखोलाका २१ र २७ वर्षे पुरुष र बडिगाडका १९ र २० वर्षे पुरुष छन् । बागलुङमा हालसम्म ४० जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३७ पुरुष र ३ महिला छन् ।
योसँगै बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यसअघि १९ वर्षकी युवती र ६५ वर्षे वृद्ध कोरोनामुक्त भएका थिए ।
आजै मात्र स्याङ्जाका ३ संक्रमितलाई जिल्ला अस्पतालले बिदाइ गरेको थियो ।
योसँगै गण्डकी प्रदेशभर निको हुनेको संख्या १० पुगेको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।