केहि दिन देखि राजधानी काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा स्वतन्त्र युवा समुहको नाममा सरकार बिरोधि प्रदर्शनहरु भइरहेका छन। कोरोना महामारीको बीचमा भएको भ्रष्टाचार, अनियमितता, संसदमा प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिको बिरोध तथा पिसिआर टेस्ट बढाउनपर्ने लगायतका मागहरू सतहमा देखिएका छन।
आन्दोलनको उद्देश्य, माग, स्थापित गर्न खोजेको कुरा, नेतृत्व, निकास आदि कुनै स्पस्ट कुरा नदेखिएकाले यो विशुद्ध फ्रस्टेसन कम गर्न, मनोरञ्जन गर्न सडकमा निस्केको भन्ने कतिपयको निष्कर्ष छ। सामाजिक सन्जाल फेसबुकमा COVID-19 Nepal: Enough is Enough ग्रुप खोलेको केहि दिनमै एकलाख एकसट्ठी हजार सदस्य बन्नु र सोही मार्फत आन्दोलनमा युवाहरू परिचालित हुनुलाई कम आक्न मिल्दैन।
सरकारका कामकारबाही, मन्त्रीहरुका रबैया हेर्दा खबरदारी गर्न जरुरी छ। कोरोना सिर्जित लकडाउनका कारण जनतालाई एकदम सास्ती भएको सत्य हो। दैनिक ज्यालादारी काम गरेर पेट परिवार पाल्नेहरु ठूलो मर्कामा छन।
व्यापक कमिकमजोरीका बाबजुद केही कामै नभएको चाहिँ हैन। कोरोना रोकथाम, टेस्ट , कन्ट्याक्ट् ट्रेसिङ्ग लगायतका कामहरु भएकै छन, हो आवस्यक मात्रमा हुन सकेका छैनन। अमेरिका, बेलायत, इटाली, चीन जस्ता महाशक्ति राष्ट्रहरु समेत आच्छु आच्छु परेको अवस्थामा नेपाल जस्तो निर्धन देशले गरेको प्रयासलाई विश्व स्वास्थ संगठनले समेत सराहना गरेको छ।
सुगौली सन्धि लगायतका नेपाल–भारत बीचमा भएका विभिन्न सन्धि सम्झौताहरुमा भारतको हात माथी पर्दै गरेको कुरा सर्वबिदितै छ। अस्थिर राजनीति, कमजोर सरकारहरु र फितलो कुटनैतिक प्रयास इत्यादिका कारण सिमाबिवाद जस्तो महत्त्वपूर्ण कुराहरू ओझेलमा पर्दै आएका थिए।
बर्तमान सरकारले भारतले बलमिच्याइ पूर्वक कब्जा गरेको लिम्पियाधुरा, लिपुलेख, कालापानी क्षेत्रलाई नेपालको नक्शामा समेट्ने, अध्यावधिक गर्ने निशानछापमा सच्च्याउने लगायतका एतिहासिक महत्त्वका कामहरु गर्दै छ। आज बस्ने संसदको बैठकबाट सत्तारूढ दल तथा प्रतिपक्षी पार्टीहरुले एकमत भइ सो प्रस्ताव पारित गर्दैछन ।
दश अर्बको हिसाब खोज्ने हो, हिसाब खोज्ने वैधानिक निकायहरु पनि होलान। यो सरकार आजभोलि नै भागेर जाने पनि होइन तसर्थ अन्य बेथितिहरुको खबरदारी पनि गर्नेहो। कोरोना संक्रमणको जोखिम दैनिक बढीरहेको बेला हजारौंको भिड बनाउदै हिड्नेकुरा तर्कसंगत छैन। इतिहासमा सुनौलो अक्षरले लेखिन लागेको आजको दिनमा घरमै बसौ र सहयोग गरौ।
नेपाललाई सधै आफ्नो अनुकूल राख्नखोज्ने भारतीय संस्थापन, सरकार र पत्रकारिता बाहेक सबैकुरा जानेका भारतीय मिडियालाई अहिले नेपालले चालेको कदम मनपरेको छैन। ऊनीहरु कसरी हुन्छ नेपालको मनोबल गिरेको हेर्न चाहन्छन। अहिलेको युवाहरूको आन्दोलन तथा प्रदर्शनलाई अस्तिदेखि नै भारतीय मिडियाहरुले अतिरन्जित गरेर प्रसारण गरेका छन त्यो हामिले देखेकै छौ।
तसर्थ शिक्षित भनिएका युवाहरूबाट भविष्मा पश्चाताप गर्नुपर्ने काम नगरौ, आजको प्रदर्शन रोकौ अन्यथा कुनै अदृश्य शक्तिबाट परिचालित अथवा कसैको स्वार्थपूर्ती गर्ने गोटि बनेको दोष लाग्नेनै छ। तस्विरहरुः सामाजिक सञ्जालबाट