तमु धीं युकेद्वारा कोरोना राहात सहयोग

-


     मर्दी न्युज    
     ३१ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । बेलायतको गुरुङको संस्था तमु धीं एसोसियसन युकेले पोखरामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि गण्डकी प्रदेश सरकारलाई सहयोग गरेको छ ।

तमु धीं युकेले शनिवार कोरोना महामारीको विषम परिस्थितिलाई मध्येनजर गर्दै गण्डकी प्रदेशका लागि विभिन्न ५ वटा शीर्षक अन्तरगत १३ लाख ६० हजारको सहयोग हस्तान्तरण प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदान गरे ।

विषम परिस्थितिमा प्रदेश सरकारलाई कसले कति रकम दियो भन्दा पनि दुःखको समयमा कसले कति सहयोग गर्यो भन्ने लेखाजोखा हुने बताउँदै मुख्यमन्त्री गुरुङल कोभिड–१९ विरुद्ध लड्न तमु धी युकेले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

आजै अग्रभागमा रहेर अहोरात्र खट्ने पत्रकारहरुको पनि कोरोना बिमा रकम सहयोग गरेको छ । राहात सहयोगका लागि तमु धीं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थाका सल्लाहाकार मेजर लक्ष्मीप्रसाद गुरुङ, पूर्व अध्यक्षद्वय मेजर डम्मर घले र मुक्षेत्र गुरुङलगायतको उपस्थिति रहेको थियो ।

राहत प्रदान गर्दै तम धीं युकेका प्रतिनिधिहरुले भौतिक रुपमा युकेमा बसेता पनि आफूहरुको मन नेपालमै रहेकोले देशलाई दुःख पर्दा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

तमु धीं युकेले गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा उपचार कोषका लागि प्रदेश सरकारलाई ५ लाख, विपन्न वर्गका लागि समेत खाद्यान्न सहयोगका लागि ३ लाख ५० हजार, पश्चिमाञ्चल क्षत्रीय अस्पतालका लागि २ लाख ६ हजार बराबरको पिपिइ ५० थान र केएन ९५ मास्क ३५० थान र तमु (गुरुङ) कलाकार संघलाई नगद १ लाख प्रदान गरेको छ ।