पोखरा, १ असार । गण्डकी प्रदेशको तनहुँ जिल्ला घिरिंङ गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा सोमवार बिहान कोरोना संक्रमणको पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४ पुगेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएको छ ।
संक्रमितहरुलाई जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।