स्याङ्जा र नवलपुरमा थप २० जनामा काेराेना पुष्टि

-


     मर्दी न्युज    
     ८ असार २०७७ मा प्रकाशित


पोखरा, ८ असार । गण्डकी प्रदेशको स्याङ्जा र नवलपुरमा सोमबार बिहान थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशको स्याङ्जाका १२ र नवलपुरका ८ गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।

संक्रमितहरु स्याङ्जा जिल्लाका अर्जुनचौपारी गाउँपालिकाका २ महिलासहित ८ जना पुरुष र कालीगण्डकी गाउँपालिकाका २ जना पुरुष रहेका छन् ।

त्यस्तै नवलपुर जिल्लाका बौदिकाली गाउँपालिकाका ८ जना पुरुष रहेको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितहरु सबै भारतबाट फर्किएका र सम्बन्धित स्थानका क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको निर्देशक शर्माले जानकारी दिएका छन् ।