पोखरा, १२ असार । गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमितको पुष्टि भएको छ । शुक्रवार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशको ४ जिल्लाका गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
संक्रमितहरुमा तनहुँ व्यास नगरपालिकाका २ जना, स्याङ्जा कालिगण्डकी गाउँपालिकाका १ जना, बागुलङ बरेङ गाउँपालिकाका १ जना र नवलपुर गैंडाकोट नगरपालिकाका ७ र कावासोती गाउँपालिकाका २ महिला र १२ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक डा. शर्माले जनाए ।