पोखरा । आइतबार साँझ गोरखामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त प्रतिवेदन अनुसार गोरखा जिल्ला, सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ९६ पुगेको छ ।
संक्रमित व्यक्तिलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । गोरखा जिल्लामा हालसम्म १३ महिला र ६४ पुरष गरी ७७ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ ।