दिगो पर्वतीय पर्यटन सञ्जालको सक्रियताले सकारात्मक भूमिका खेल्दै

-


     मर्दी न्युज    
     १६ असार २०७७ मा प्रकाशित


पोखरा, १६ असार ।दिगो पर्वतीय पर्यटन सञ्जाल  (Sustainable Mountain Tourism Network) ले तयार पारेको ‘समुन्द्र सतह देखि २५०० मिटर भन्दा उचाईको पदयात्रामा अनिवार्य पथ प्रदर्शक (Guide) लागु गर्नु पर्ने प्रवधान सहितको तीन महले सुझाव’ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रस्ताव गरेको मस्यौदा विधेयक २०७७ मा उचाई नै तोकेर समेट्नु पर्ने विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।

सोमवार सञ्जालले प्रस्ताव गरेको ३९ बुँदे माग पर्वतीय पर्यटनमा आवद्ध सरोकारवालाहरु (पदयात्रा तथा पर्वतारोहण व्यवसायी र समस्त पर्यटक गाईड र मजदुर)सँग संवन्धित सुझावहरुको विषयमा पथ प्रदर्शक संघ नेपाल (TGAN) को पहलमा नेपाल पर्वतारोहण संघ (NMA) को सभाहल नक्शालमा भएको वैठक सौहार्दपूर्ण सम्पन्न भएको छ । सम्पूर्ण पर्वतीय पथप्रदर्शकहरुको मागलाई अझ बलियो बनाउन TGAN का लागि सदस्यहरुसँगको सहकार्यमा हामीले यो मागलाई सफल भएको व्यवसायीहरुले बताएका छन् ।

TGAN का उपध्यक्ष जाङ्बु शेर्पाको अध्यक्षतामा भएको बैठकमा नेपाल पर्वतीय प्रतिष्ठान (Nepal Mountain Academy) का अध्यक्ष ल्हाकफुटी शेर्पाको उपस्थितिमा तथा TGAN का महासचिव सार्की शेर्पाले सञ्चालन गर्नु भएको थियो । बैठकमा टानका महासचिव सरिता लामा, एनएमएका महासचिव कुल बहादुर गुरुङ, सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पा लगायत माउण्टेन लिडर एसोसिएसनका प्रशिक्षकहरु, पर्यटन मजदुर लगायत पर्यटन पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

प्रस्तावित पर्यटन ऐन संशोधन विधेयकमा समग्र पर्वतीय पर्यटन (Mountain Tourism) मा आवद्ध व्यवसायी र पथप्रदर्शकको हितमा हुने पदयात्रा (Trekking) जाँदा एजेन्सी मार्फत २५०० मिटर भन्दा माथिको उचाईमा पथप्रदर्शक (Guide) पर्यटकको साथ अनिवार्य लैजानुपर्ने व्यवस्था गर्न हाम्रो तर्फबाट पूरा गर्नु पर्ने जिम्मेवारी र पहल जारी रहने बताएका छन् ।
यसैको निरन्तरता स्वरुप हामी यस नेटवर्कको मूल भूमिकामा तयार पारिएको तीन महले ऐन दफा उपदफा खोलि प्रस्तुत गरेको सुझाव र त्यसको साथमा संलग्न गरिने माग र स्मरण पत्रलाई पर्वतीय प्रतिष्ठान (Mountain Academy) का अध्यक्ष लाक्फ़ुटि शेर्पा, NMA का महासचिव कुलबहादुर गुरुङ, TAAN महासचिव सरिता लामा, सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पा, Mountain Leader Association Instructor हरु, पुर्व मजदुर युनियन पदाधिकारी लगाएत सरोकारवालासंग गहन छलफल भई प्रस्तुत एजेन्डा र सुझावमा सबैले अक्षरस सहमति जनाएको छ ।

उपस्थित व्यक्ति र अन्य सरोकारवालाहरुले उक्त मागलाई सम्बन्धित मन्त्रालयमा बुझाएर २५०० मिटर भन्दा माथि अनिवार्य गाईड लागू गर्नुपर्ने प्रावधान पर्यटन ऐनमा राख्न दवाव दिने कार्यक्रम रहेको सञ्जालले जनाएको छ । सञ्जालले भने, ‘तपाइँहरुको साथ र सहयोग लागि हामी सदा आभारी रही हार्दिक कदर गर्द छौ ।’

दिगो पर्वतीय पर्यटन सञ्जाल (SUSTAINABLE MOUNTAIN TOURISM NETWORK) समय सापेक्ष एजेण्डाहरु तपाईंहरु सामु सदैव प्रस्तुत गर्दै, छलफल गर्दै र समृद्ध पर्वतीय पर्यटनको भिजनलाई मूर्तरुप दिन चाहान्छ ।