![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/04/supreme-court-of-nepal.jpg?fit=1024%2C463&ssl=1)
काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको हो ।
कार्यालय समय सकिनु केही बेर अघि मात्र निवेदन सर्वोच्च अदालतमा पेश भएको भए पनि निवेदन रुजुको काम बाँकी रहेकाले शुक्रबार रुजु र दर्ता हुने अदालत स्रोतले जनाएको छ ।